अर्थ / वाणिज्य

कुलमानले रुदै भने– चरित्र हत्या गरियो

काठमाडौ, २६ बैशाख । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले वल्व खरिदमा भ्रष्टाचार गर्न खोजेको भन्दै चरित्र हत्या गर्न खोजेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गरी घिसिङले आँखाभरि आँसु बनाउँदै पैसा कमाउनका लागि बिजुलीको बल्बमा भ्रष्टाचार गर्न नपर्ने बताए । उनले लोडसेडिङ नहटाइ बसेको भए जनताको पैसा खान नपर्ने बताए ।

विद्युत प्राधिकरणले भारतीय इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडसँग किन्न लागेको बल्बबारे प्रश्न उठेपछि घिसिङले सोमबार पत्रकार सम्मेलन गरेर आफुले चिलिमेदेखि नै इमान्दारितापूर्वक काम गरेको तर, अहिले चरित्र हत्या गर्ने प्रयास भएको गुनासो गरे ।

उनले ६५ भारुमा किनेर सरकारको कर तिरेर १३५ देखि १४० रुपैयाँमा जनतालाई लिड बल्ब वितरण गर्न लागिएको समेत बताए । पत्रकार सम्मेलनमा घिसिङले भने, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’
उनले कतैबाट आरोप प्रमाणित भए देश छोड्न समेत आफु तयार रहेको चुनौती दिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. prks says:

    hawa kura failaune k

    o huh..teslai case lagaunu parx

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा