अर्थ / वाणिज्य

कृषि विकास बैंकको तुलसीपुर शाखमा लक्ष्यभन्दा बढी कारोबार

दाङ, ५ कार्तिक । कृषि विकास बँैंक शाखा तुलसीपरले चालु आर्थिक बर्षको असोज महिना सम्म ८३ करोड लगानी र २८ करोड डिपोजिट गरेको जनाएको छ । गत आर्थिक बर्ष २०७३÷७४मा लक्ष्य भन्दा बढि कारोवार गरको बैँकले जनाएको हो ।

गत बर्ष बैंकको बचत लक्ष्य १० प्रतिशत अर्थात् ५ करोड थियो भने ७ करोड सम्म कारोवार भएको र कर्जा प्रवाहमा २० प्रतिशत अर्थात १० करोड थियो भने १३ करोड कारोवार भएको शाखा तुलसीपुरका प्रबन्धक एकराज आचार्यले बताउनु भयो ।

प्रबन्धक आचार्यका अनुसार यस बर्षदेखी बैकले लगानी भन्दा डिपोजिटलाई फोकस गरेको भन्दै चालु आर्थिक बर्षमा करिब १२ करोडको लगानी गर्ने बताउनुभयो । हाल बैँकवाट करिब २ हजार ग्राहकहरुले प्रत्यक्ष सेवा लिएको र ति मध्ये करिब १५ सय जना कृषकहरुलाई बैंले लगानी गरेको प्रबन्धक आचार्यले जानकार दिनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. देब बहादुर बि क says:

    खै किसानमा लगानी भयो कि शहरका प्रतिष्ठित ब्यापारी लाइ खाली कृषि शीर्षक मा लगानी भाछ ? बुझ्नै गारो ? हामिहरुलाइ त दिदैन होला।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा