अर्थ / वाणिज्य

खाद्य संस्थानद्धारा खसी, बोका र च्याङ्ग्रा विक्रीवितरण सुरु

काठमाडौ, ५ असोज । सरकारले दसंैको अवसर पारेर सहुलियत दरमा खसी, बोका र च्याङ्ग्रा विक्री वितरणको काम सुरु गरेको छ ।

नेपाल खाद्य संस्थानले घटस्थापनाको दिनबाट सहुलियत तथा सुपथ मूल्यमा काठमाडांैको थापाथलीस्थित विक्री कक्षबाट खसी, बोका र च्याङ्ग्राको विक्रीवितरणको काम सुरु गरेको हो । बजार मूल्य भन्दा प्रतिकेजी १० रुपैयाँ सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको विक्री गरिएको संस्थानका अंचल प्रमुख भेषराज न्यौपानेले जानकारी दिनु भयो ।

आज च्याङग्राको मात्रै विक्रीवितरण हुनेछ । च्याङ्ग्राको मुल्य प्रतिकेजी ६ सय ७५ रुपैयाँ तोकिएको छ । खसी र बोकाको विक्री वितरण भने भोलिबाट सूरु हुनेछ । विहीबार बेलुकासम्म २ सय ३ वटा खसी, बोका काठमाडौं भित्रने भएकाले शुक्रबारबाट मात्रै यसको विक्री वितरणको काम सुरु हुने पनि प्रमुख न्यौपानेले जानकारी दिनु भयो । खसीको प्रतिकेजी ४ सय ५५ र बोकाको प्रतिकेजी ४ सय ५० रुपैयाँमा विक्री वितरण हुनेछ ।

खाद्य संस्थानले विक्री वितरणका लागि मुस्ताङबाट च्याङ्ग्रा झिकाएको हो । त्यसैगरी खसी र बोका दाङ र हेटौडाबाट ल्याउने काम भईरहेको पनि संस्थानका अंचल प्रमुख न्यौपानेले बताउनु भयो । संस्थानले यस वर्ष १५ सय वटा खसी, बोको र १५ सय वटा च्याङ्ग्रा विक्री वितरण गर्ने योजना बनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा