अर्थ / वाणिज्य

गरिबी निवारण कार्यक्रमबाट तीन हजार ६७१ परिवार लाभान्वित

कञ्चनपुर, १९ चैत । गरिबी निवारण कार्यक्रमबाट कञ्चनपुरका तीन हजार ६७१ घरपरिवार लाभान्वित भएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सामाजिक तथा प्राविधिक सेवा र गरिबी निवारण कोषको आर्थिक सहयोगमा जिल्लाको पाँचवटै नगरपालिकामा सञ्चालित उक्त कार्यक्रमबाट उक्त सङ्ख्याका घरपरिवार लाभान्वित भएका हुन् । लाभान्वित हुने विशेषगरी आर्थिक विपन्नता भएका व्यक्ति, मुक्तकमैंया, दलित र निकुञ्जपीडित बासिन्दा रहेका छन् ।

गरिबी निवारण कार्यक्रमको माध्यमबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेमा दुई हजार ४८२ जनजाति, आठ सय ५६ दलित र तीन सय ३३ परिवार अन्य समुदायका रहेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा