अर्थ / वाणिज्य

गौतम वुद्ध विमानस्थलको काम चालू आर्थिक वर्षभित्र सक्न संसदको निर्देशन

काठमाडौ, २६ असोज । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम चालू आर्थिक वर्ष भित्रै सम्पन्न गर्नेगरी काममा तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै तोकिएको मितिमा सम्पन्न हुनेगरी काममा तीव्रता दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो ।

सम्बन्धित मन्त्रालय, आयोजना प्रमुख र आयोजना स्थलको समेत अनुगमन गरेपछि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सक्न निर्देशन दिनु परेको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनु भयो ।

समितिले आयोजना निर्माणका लागि आवश्यक सामग्रीहरुको सहज आपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पनि सचेत गराएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा