अर्थ / वाणिज्य

गौतम वुद्ध विमानस्थलको कामको प्रगती शुन्य

काठमाडौ, २६ असोज । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले कामै नगरेको खुलासा भएको छ ।

आयोजना प्रमुख ओम शर्माले चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्टले फिल्डमा काम नगरेकै कारण आयोजना निर्माणको कामलाई अघि बढाउन कठिनाई भईरहेको पनि स्पष्ट पार्नु भयो ।

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले आयोजना निर्माणको जिम्मा पाएको ठेकेदार लगायतका कन्सल्टयान्टहरुले काम नगर्ने गरेको गुनासो पनि गर्नु भयो ।

आयोजना प्रमुख शर्माले चिनियाँ ठेकेदार कम्पनीलाई भाषा बुझाउन कठिनाई भएका कारण पनि आयोजनाको काम अघि बढाउन कठिनाई हुन गएको पनि बताउनु भयो । उहाँले आयोजनामा कार्यरत ठेकेदार कम्पनीहरुको काम कार्वाही चित्त बुझ्दो नभएका कारण पुनर्विचार गर्न सरकारलाई आपूmले पटक पटक आग्रह गर्दै आएको जानकारी पनि समितिलाई गराउनु भयो ।

राष्ट्रिय गौरवको यो आयोजना समयमै सम्पन्न गर्न समितिले सरकारलाई पटक पटक सचेत गराउँदै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा