अर्थ / वाणिज्य

ग्लोबल आइएमई बैकको छात्रवृत्ति योजना सार्वजनिक

काठमाडौ, १८ जेठ । ग्लोबल आइएमई बैंकले शैक्षिक सत्र–२०७३ का लागि ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति सार्वजनिक गरेको छ ।

छात्रवृृत्ति सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे र
हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठको उपस्थितिमा छात्रवृत्ति सार्वजनिक भएको हो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति प्रदान गरेको बताउनु भयो ।

छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक विपन्न तथा जेहेन्दार विद्यार्थीबाट प्राप्त आवेदनका आधारमा एक शैक्षिक सत्रका लागि प्रदान गरिनेछ । १० लाख राशीको छात्रवृत्ति कोषबाट सय जना विद्यार्थीलाई अघिल्लो शैक्षिक सत्रदेखि छात्रवृत्ति प्रदान गरिँदै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा