अर्थ / वाणिज्य

चितवनका व्यवसायीले गरे बारामा न्यानो कपडा वितरण

बारा, २५ पुस । चितवनका व्यवसायीहरुले बाराका चेपाङ र मुसहर बस्तीका शितलहर पीडितलाई न्यानो कपडा वितरण गरेका छन ।

चितवन पर्सा बजारका व्यवसायीहरुले बारा चेपाङ र मुसहर बस्तीका शितलहर पीडितलाई करिव १० लाख बराबरको न्यानो कपडा वितरण गरेका हुन । बाराको निजगढ नगरपालिकास्थित भत्तलालमा, कोल्हवी नगरपालिकाका बगीवाहस्थित विपन्न मुसहर बस्तीमा सोमबार पुगी चितवनका व्यवसायीहरुले ब्लाङकेट, स्विटर, पछयौरालगायतका न्यानो कपडा वितरण गरेका छन ।

पीडितलाई राहत दिन न्यानो कपडा वितरण गरिएको न्यानो कपडा वितरण कार्यक्रमका सयोजक अर्जुन लम्सालले जानकारी दिनु भयो । केही दिनयता तराईका विभिन्न जिल्लामा शितलहरका कारण ज्यानै जान थालेपछि चितवनका व्यवसायीहरुले पनि राहतका लागि न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेका हुन । उनीहरुले रौतहतका पीडितलाई पनि न्यानो कपडा वितरण गर्ने तयारी गरेका छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा