अर्थ / वाणिज्य

चिनीया कम्पनीहरुले नेपालको पानीमा लगानी गर्ने

काठमाडौं, २४ भदौ । चिनीया कम्पनीहरुले नेपालको पानीमा लगानी गर्न इच्छा देखाएका छन् ।
उर्जा लगायत विभिन्न क्षेत्रमा अफ्रिकी मुलुकमा लगानी गर्दै आएका चिनिया कम्पनीहरुले नेपालको खेर गईरहेको पानीमा लगानीका लागि इच्छा देखाएका हुन् ।
नेपाल भ्रमणमा रहेका चिनिया निर्माण कम्पनीका प्रतिनिधिहरुले खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवलाई भेटी खेर गईरहेको पानीमा आफुहरुको लगानी स्वीकार गर्न आग्रह गरेका छन् । उनीहरुले पिपिटिए मोडलमा पानीमा लगानी गर्न इच्छा देखाएको सहसचिव ईन्जिनियर आशिष घिमिरेले जानकारी दिनुभयो ।
चिनीया निर्माण कम्पनीका प्रतिनिधि सदस्यसहितको टोलीले खानेपानी, सरसफाई, प्रसोधन केन्द्र, ढल आयोजना लगायत क्षेत्रमा लगानी गर्न इच्छा देखाएका हुन् ।
भेटमा मन्त्री यादवले सहकार्यका लागि आफुहरुको सधै सकारात्मक साथ रहने भन्दै चिनिया कम्पनीका प्रतिनिधिलाई लगानी सम्बन्धी कार्ययोजना सहितको पुर्ण प्रस्ताव ल्याउन भन्नुभएको सहसचिव घिमिरेले जानकारी दिनुभयो । पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा चिनीया लगानी बढ्दै गएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा