अर्थ / वाणिज्य

चिन सरकारको एक खर्ब ७५ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव

काठमाडौ,२१ फागुन । चीन सरकारले रक्षा बजेटमा भारी बृद्धि गर्ने भएको छ । संसदको जारी बार्षीक बैठकमा अहिलेसम्म कै सबैभन्दा बढी एक खर्ब ७५ अर्ब अमेरिकी डलर बराबरको रक्षा बजेट प्रस्ताव गरिएको हो ।

चीनका प्रधानमन्त्री ली केइ–च्याङ्का अनुसार, यो रक्षा बजेट गएको आर्थिक बर्षको भन्दा ८ दशमलब १ प्रतिशतले बढी हो । सैन्य हातहतियार सुदृढीकरण, सैन्य तालिम तथा सैन्य परिवारको सेवा सुबिधा शिर्षकमा यो बजेट खर्च हुने प्रस्ताबमा उल्लेख छ ।

यसअघि अमेरिकी सरकारले प्रतिश्पर्धात्मक शक्तिशाली मुलुक बिरुद्ध सैन्य रणनीति बलियो बनाउने भन्दै हालसम्मकै धेरै आठ खर्ब ८६ अर्ब अमेरिकी डलर बराबरको रक्षा बजेट पारित गरेको थियो । चीनलाई अमेरिकाले मुख्य प्रतिश्पर्धी मुलुकको सुचीमा राखेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. new board games 2018 says:

    I am impressed with this internet site, rattling I am a big fan.

    http://www.strategyboardgames.co.uk/play-scythe-video-guide/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा