अर्थ / वाणिज्य

चिया र कफीलाई अमेरिकी बजारमा निर्यात गर्ने तयारी

काठमाडौ, २८ बैशाख । सरकारले नेपाली चिया तथा कफीलाई अमेरिकी बजारमा प्रवद्र्धन गर्ने योजना बनाएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपालको चिया तथा कफीलाई अमेरिकी बजारमा प्रवद्र्धन गर्न आफूहरु लागि परेको बताउनु भयो । उहाँले अमेरिकी बजारमा नेपाली चियाको माग उच्च रहेको पनि स्मरण गराउनु भयो ।

नेपाली चियाको अमेरिकी बजारमा प्रवद्र्धन गर्दै आएको नेपाल टी एलएलसी कम्पनीले आज काठमाडांैंमा गरेको पत्रकार सम्मेलनमा निर्देशक गौतमले नेपाली चियाको अमेरिकी बजारमा प्रवद्र्धन गर्न सकिए नेपालले आर्थिक रुपमा फड्को मार्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

नेपाल चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादन हुँदै आएको चिया भारतले आफ्नो ब्रान्ड बनाई अन्तराष्ट्रिय बजारमा विक्री वितरण गर्दै आएको पनि जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. Sahadev parajuli says:

    Good

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा