अर्थ / वाणिज्य

चीनले निर्वाचनका लागि आवस्यक पर्ने स्टेशनरीसम्बन्धि सम्पूर्ण सामग्री उपलब्ध गरायो ।

काठमाडौ, ५ बैसाख । चीनले स्थानीय तहको निर्वाचनका लागि आवस्यक पर्ने स्टेशनरीसम्बन्धि सम्पूर्ण सामग्री उपलब्ध गराएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले चीनले निर्वाचनका लागि आवश्यक सबै खाले स्टेशनरी सामग्री उपलब्ध गराएको जानकारी दिनु भएको हो । पञ्चिङ मेसीन, हातमा लगाउने मसीलगायतका करिव १४ करोड ४० लाख बराबरको स्टेशनरी सामग्री चीनले निर्वाचन आयोगलाई उपलब्ध गराएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङले निर्वाचनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए अनुसार यो सहयोग उपलब्ध गरिएको हो । नेपालका लागि चिनियाँ राजदुत यू होङले हिजो निर्वाचन आयोगको कार्यालयमा पुगी स्थानीय तहको निर्वाचनका लागि उपलब्ध गराएको स्टेशनरी सामग्री सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर समेत गर्नु भयो । त्यस क्रममा उहाँले निर्वाचनको तयारीका विषयमा प्रमुख निर्वाचन आयुक्त डा. आयोधिप्रसाद यादवसँग जानकारी पनि लिनु भयो । निर्वाचन आयोगले यूएनडीपी र भारत सरकारले मतपेटिका लगायतका सहायता उपलब्ध गराउने जानकारी पनि दिएको छ ।
बैशाख १० गते भित्र निर्वाचनका लागि मित्र राष्ट्रहरुले गर्ने सहयोग उपलब्ध भईसक्ने पनि आयोगका प्रवक्ता शर्माले बताउनु भयो । निर्वाचन आयोगले निर्वाचनका लागि बैदेशिक सहायता लिने कामलाई कम गर्दै लैजाने नीति लिएको पनि स्पष्ट पारेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा