अर्थ / वाणिज्य

चीन नेपालमा लगानी गर्न ईच्छुक

काठमाडौ । चीनका व्यवसायीहरुले नेपालमा लगानी गर्न ईच्छुक रहेको जनाएका छन् ।

दक्षिण एशियाका व्यापारिक नेतृत्वकर्ताहरुको छैठौं सम्मेलनमा भाग लिन नेपाल आएका चीनिया प्रतिनिधी मण्डलको टोलीले सोमबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंग भेट गर्दे नेपालमा लगानीका साथै चीनमा निर्मित सामाग्रीलाई नेपाल पठाउने र नेपालका सामानहरु पनि चीन लगी व्यवसाय गर्न तयार रहेको जनाएका हुन् ।

कृषि , जलश्रोत र औधौगिक क्षेत्रमा लगानी गर्न आफुहरु उत्सुक रहेको पनि टोलीले जनाएको छ । भेटमा मन्त्री पण्डितले नेपाल आर्थिक बृद्धिको बाटोमा अघि बढेको भन्दै कलकारखाना लगाएतका क्षेत्रमा हुने बाह्य लगानी स्वागत्योग्य रहेको बताउनुभएको थियो ।

चीनिया टोलीले नेपाल चीनको व्यापारिक सम्बन्ध ऐतिहासीक रहेको भन्दै यसलाई निरन्तरता दिन आफुहरु तयार रहेको जनाएका थिए ।

छलफलमा चीनिया टोलीले दक्षिण एशियाका व्यापारिक सम्मेलनले सरकारात्मक सन्देश दिएको भन्दै सार्क स्तरिक व्यापारिक सम्बन्धलाई मजबुद बनाएका अघि लैजानुपर्नेमा समेत जोड दिएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा