अर्थ / वाणिज्य

चुनावका लागि गोल्छाको उम्मेदवारी

काठमाडौ, २० चैत । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि शेखर गोल्छाको प्यानलले उम्मेदवारी दर्ता गराएको छ ।
गोल्छा प्यानलले महासंघको केन्द्रिय कार्यालय टेकूमा आईतबार विहान आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको हो । जस अनुसार गोल्छाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
गोल्छा प्यानलबाट जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ, बस्तुगततर्फ उमेश श्रेष्ठ र एशोसिएटतर्फ चन्द्रप्रसाद ढकालले उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ ।  यता, महासंघको नेतृत्वका लागि किशोर प्रधानले छुट्टै प्यानल बनाउनु भएको छ । आगामी २८ गतेदेखि काठमाडौंमा सुरु हुने महासंघको ५१औं साधारण सभाले आगामी तीन वर्षे कार्यकालका लागि नीति र नेतृत्व चयन गर्दैछ ।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने प्रावधान राखिएकाले भवानी राणा स्वतहः अध्यक्ष हुनुहुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा