अर्थ / वाणिज्य

चुनावका लागि धेरै बजेट मागिएकाले निकासामा ढिलाई

काठमाडौ, ३० फागुन । स्थानीय तहको निर्वाचनका लागि शान्ति सुरक्षाका क्षेत्रमा अपेक्षा गरेभन्दा बढी बजेट माग भएकाले निकासा गर्न ढिलाई भएको अर्थ मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले निर्वाचनको शान्ति सुरक्षाका लागि मागेको करिब ३१ अर्ब रुपैयाँ अपेक्षा गरेभन्दा बढी भएकाले निकासामा समस्या भएको अर्थ मन्त्रालयले जनाएको हो । निर्वाचन आयोगले माग गरेको १० अर्ब २९ करोड रुपैयाँ निकासा भइसकेको जानकारी दिँदै मन्त्रालयका बजेट महाशाखा प्रमुख मधु मरासिनीले शान्ति सुरक्षाका लागि रकम निकासाबारे गृहमन्त्रालयका पदाधिकारीसँग छलफल भइहेको बताउनु भयो ।

दुई वर्षअघि सम्पन्न संविधानसभा निर्वाचनका लागि भन्दा स्थानीय निर्वाचनका लागि बढी बजेट माग भएकाले समस्या भएको मरासिनीको भनाई छ । यद्यपि, बजेट भन्दा निर्वाचन ठूलो भएकाले एकैपटक नभए पनि पटक–पटक गरेर रकम निकासा गर्ने तयारी भइरहेको बजेट महाशाखा प्रमुख मरासिनीले जानकारी दिनुभयो ।
गृह मन्त्रालयसँगको छलफलपछि अबको एक दुई दिनभित्रै निर्वाचनका लागि निकासा हुने बजेटबारे टुङ्गो लागिसक्ने अर्थ मन्त्रालयले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा