अर्थ / वाणिज्य

चुनावले झण्डाको व्यापार फस्टायो

ध्रुव ढकाल
सुनसरी, २३ जेठ । दलहरुको प्रचारलाई तिब्रता दिन बनाइएका चुनाव चिन्ह अंकित झण्डाहरुले यतिखेर शहर र गाउँ भरि भराउ भएका छन् । चुनाव प्रचारका लागि सर्वत्र झण्डाको माग बढेपछि झण्डाको व्यापार गर्ने व्यापारीहरु पनि उत्साहित देखिएका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा झण्डा बनाउने काममा लागेकाहरुलाई यतिखेर भ्याई नभ्याइको अवस्था छ ।

पार्टीका झण्डा, चुनाव चिन्ह, उम्मेद्धारका तुल व्यानर लगायतका समाग्रीले शहर रंगिविरंगी भएका छन् । दलका झण्डाहरुले सडकहरु भरिएका छन् । जति जति निर्वाचनको मिति नजिकिँदै छ त्यति नै यस्ता समग्रीहरु राखेर प्रचार गरिँदैछ । तर यस्ता सामग्रीहरु उत्पादन गर्ने व्यक्तिहरुलाई भने भ्याई नभ्याई भएको छ ।

निर्वाचनको प्रचारप्रसारका सामाग्रीहरु झण्डा, चुनाव चिन्ह, कार्यकर्तालाई लगाउने टि–सर्ट, टोपी, व्याज लगायतका समाग्रीहरु प्रिन्ट गर्ने ठाउँमा अहिले अर्डर दिन दलहरुको पनि उस्तै भीड लाग्ने गरेको छ । दैनिक जसो ३÷४ हजारका दरले अर्डर अनुसारको सामाग्री तयार गर्ने गरेको ब्यवसायी वताउछन् ।

इटहरीमा प्रिन्टिङ व्यवसाय सञ्चालन गर्दै आएकाह दलका अर्डर अनुसारको समग्री दिन भ्याई नभ्याई भएकोे बताउछन् । प्रचार सामाग्रीले यस्ता व्यवसायीको आम्दानी पनि ह्वात्तै बढेको छ ।

सानो साइजको झण्डाको प्रति छपाई २० रुपैँयाँ देखी ठूला साइजका झण्डा छापेको सय रुपैयाँ सम्म लाग्ने गरेको छ । यता भेष्ट, टोपी लागायतका समग्रीको पनि साईज अनुसार फरक फरक मुल्य रहेको छ । साईज र गुणस्तर हेरी एक सय देखी ५ सय सम्म लाग्ने गरेको व्यवसायीहरु बताउँछन् ।

जति जति चुनावको मिति पर सर्दै छ त्यति नै यस्ता व्यवसाय गर्दै आएका व्यवासायीहरुको आम्दानी बढ्दो छ । ४ पटक चुनावको मिति पर सरेकाले आफूहरुलाई राम्रै फाईदा भएको व्यवसायी बताउँछन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा