अर्थ / वाणिज्य

चैतमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

काठमाडौ, १९ फागुन । आगामी चैतमा काठमाडौंमा अन्तराष्ट्रिय व्यापार मेला हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी चैत ३ देखि ७ गते सम्म भृकुटीमण्डपमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुन लागेको जानकारी गराएको हो । महासंघले मेलाको सम्पुर्ण तयारी पुरा भएको पनि जनाएको छ । मेलामा स्वदेशी एंव विदेशी वस्तु तथा सेवाका ३ सय ४० स्टल रहने छन् ।
मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका स्टलहरु रहनेछन् । त्यसैगरी ३५ वटा स्टल मार्फत नेपाली जडीबूटीका उत्पादनहरु प्रदर्शनीमा रहनेछन ।
महासंघको कृषि उद्यम केन्द्र अन्र्तगतको हिमाली आयोजनाका ७० वटा स्टल मार्फत कृषि उत्पानहरुको प्रदर्शनी गरिने पनि आयोजकले जनाएका छन् । महासंघले मेलालाई स्वदेशी एवं विदेशी व्यवसायीबीच व्यवसायिक सम्बन्ध विस्तार गर्ने महत्वपुर्ण अवसरको रुपमा लिएको छ ।
मेलामा रोजगारी सुचना केन्द्रको स्टल मार्फत रोजगार सम्बन्धी जानकारी पनि दिईने छ । चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीको सहभागीता रहने मेलामा चीनबाट ८५, भारत १०, पाकिस्तान २०, बंगलादेश ५०, थाइल्याण्डबाट २ वटा स्टलहरु बुक भईसकेको पनि आयोजक महासंघले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा