अर्थ / वाणिज्य

टेलिकमले बाढीपीडितका लागि गर्यो निशुल्क एमएसएसको व्यवस्था

काठमाडौ, २९ साउन । सरकारले बाढि, पहिरो र डुबान पीडित क्षेत्रमा राहत दिन निःशुल्क एसएमएस सेवाको समेत व्यवस्था गरेको छ ।

सूचना तथा संचार मन्त्रालयको आईतबार विहान बसेको बैठकले पीडितको राहतका लागि सहयोग पु¥याउन नेपाल टेलिकममार्फत् एसएसएस सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
बाढि र पहिरोबाट आहात जनतालाई राहत दिन एसएमएस सेवालाई निःशुल्क उपलब्ध गराउने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर थापाले जानकारी दिनु भयो ।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्राकृतिक विपत्ति झेल्ने नियति नेपालीहरुले भोग्दै आएकाले त्यसबाट हुने क्षेति न्यूनिकरण गर्न सरकार लागि परेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री बस्नेतले नेपाल टेलिकमको कामप्रति असन्तुष्टि पनि जनाउनु भयो । उहाले समयमै काम सम्पन्न गर्न टेलिकम चुक्ने गरेको भन्दै असन्तुष्टि जनाउनु भएको हो । मन्त्री बस्नेतले टेलिकमको सेवालाई निजी क्षेत्रका संस्थाहरुले उछिन्ने अवस्था आउन नदिन पनि नेपाल टेलिकमलाई सचेत गराउनु भयो ।

मन्त्री बस्नेतले मन्त्रालयको सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता पनि दोहो¥याउनु भयो । उहाँले मन्त्रालयमा प्राविधिक जनशक्तिको अभाव नरहेको पनि उल्लेख गर्नु भयो ।

त्यस अवसरमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनि राजभण्डारीले बाढि र पहिरो प्रभावित क्षेत्रमा आफ्नो सेवा तत्काल सुचारु गराउन युद्धस्तरमा काम भइरहेको जानकारी दिनु भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा