अर्थ / वाणिज्य

ठगाहा व्यापारीको माग– नाफामा अंकुश लगाउने कानून खारेज गर

काठमाडौ, २४ भदौ । ब्राण्डेड सामानको हबको रुपमा चिनिएको दरबारमार्ग क्षेत्रका व्यवसायीले नाफामा अंकुश लगाउने कानुन खारेजीको माग गरेका छन् ।

सरकारले अत्याधिक मुनाफा लिएको भन्दै ब्राण्डेड बजारको रुपमा परिचित दरबारमार्गका केही पसलमा सिलबन्दी गरेपछि व्यवसायीले मनोमानीमा नाफा आर्जन गर्न पाउनुपर्ने अडान अघि सारेका हुन् ।

खुल्ला बजार अर्थतन्त्रको कुरा गर्ने सरकारले २० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने पुरानै ऐन अनुसार अघि बढेको भन्दै उनीहरुले मुनाफा तोक्ने कानुन खारेजीको माग गरेका छन् ।

केही सरकारी कर्मचारीको गलत नियतका कारण समय समयमा अनुगमनका नाममा आफुहरुलाई आतंकित र बद्नाम गराउने काम भएको व्यापारीले आरोप लगाए । भन्सारमा न्युन बिजकीकरणको समस्याका कारण पनि समस्या भएको भन्दै व्यवसायीले सो समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिए ।

आपूर्ति मन्त्रालयले यही भदौ १९ र २१ गते अनुगमनका क्रममा बढी नाफा लिएको भन्दै दरबारमार्गका ९ वटा पसल सिलबन्दी गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा