अर्थ / वाणिज्य

ढाकाको व्यापार फस्टायो

किरण कौसल÷पाल्पा

३ कात्तिक । तिहारको अवसरमा दिदी बहिनीले दाजु भाईलाइ ढाकाका सरसमान उपहार दिने चलनले पाल्पामा ढाकाको व्यापार फस्टाएको छ ।

ढाकाको टोपि, ईस्टकोट, टाई, व्याग, पछ्यौरा साडी, कुर्ता सुरुवाल लगायतका समानहरु उपहारको रुपमा दिने चलनले गर्दा पाल्पाली ढाकाको व्यापार बढेको हो । दशै देखि तिहार सम्म ढाकाका सामान मासिक एक देखि ५ लाख सम्म बिक्रि हुने गरेको व्यापारीहरुको भनाई छ ।

गत बर्ष १५ करोड रुपैयाको हाराहारीमा ढाकाको कारोवार भएकोमा यस बर्ष १७ करोड सम्मको कारोवार हुने अनुमान गरिएको छ । ढाकाका सामग्रीहरु एक सय देखि १० हजार सम्म पर्ने रहेका छन् । तानसेनमा ढाका पसलहरु २० भन्दा बढी रहेका छन् भने १० वटा उद्योग रहेका छन् । ढाका बुन्ने कामदारहरुको अभावले गर्दा माग अनुसार उत्पादन हुन सकेको छैन ।

धागो निर्यातमा सहजता, प्रविधिको विकास र स्वदेशी उत्पादनको प्रयोग गर्न सके पाल्पामा ढाका उद्योग अझै फस्टाउने देखिन्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा