अर्थ / वाणिज्य

तरकारीको मुल्य आकासियो

काठमाडौ, ६ कार्तिक । हिन्दुहरुको महान चाड दशैं र तिहारको बीचमा तरकारी आपूर्तिमा हवात्तै कमि आएपछि राजधानी काठमाडौंमा तरकारीको मुल्य अकासिएको छ ।

अघिपछि खचाखच तरकारी पाईने काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी विकास समिति र बल्खु कृषि तथा तरकारी बजारमा पर्याप्त तरकारी आउन नसकेपछि त्यसको प्रत्यक्ष प्रभाव उपभोग्य मुल्यमा देखिएको हो ।

सर्वसाधरणको भान्सामा दैनिक उपभोगमा आउने आलु, प्याज, टमार, काउली लगायतका तरकारीको मुल्य दशैं अघिको तुलनामा दोब्बर भएको छ । दशैं अगाडि ढकको ४ सय रुपैयामा पाईने काउलीको अहिले थोक मुल्य ८ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी २ सय रुपैयाँ प्रति ढकको लौका अहिले ३ सय ५० रुपैयाँ पुगेको छ । दशैं अगाडि एक सय ५० रुपैयाँ प्रति ढकमा पाईने टमाटर अहिले ४ सय ५० देखि ५ सय रुपैयाँ पुगेको छ । कालिमाटीस्थित तरकारी बजारका व्यापारी बजारमा तरकारी आपूर्तिमा कमि आएपछि मुल्य बढेको स्वीकार गर्छन् ।

असोज कातिकको समयमा तरकारीको उत्पादनमा तुलनात्मक रुपमा कमि आउनु, सिजन अनुसार मागको बैज्ञानिक विश्लेषण गरि उत्पादनमा वृद्धि गर्न नसक्नु तथा उपभोक्ताको विकल्पका रुपमा बजारमा तरकारी प्रशस्त आउन नसकेकाले मुल्य बढेको तरकारी व्यवसायीको तर्क छ ।

त्यस्तै चाडवाड मनाउन सबै व्यस्त भएपछि कामदारको अभावमा कृषकको बारीबाट बजारसम्म तरकारी आउन नसकेकाले पनि मुल्य प्रभावित भएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा