अर्थ / वाणिज्य

तरबुजा खेतितर्फ किसान आकर्षित

धनुषा, २९ चैत । तराईका किसानहरु तरबुजा खेतीमा आकर्षित हुन थालेका छन् । चर्को गर्मी संगै बजारमा तरबुजाको मांग बढ्न थालेपछि किसानको आकर्षण बढेको हो ।

वैशाख, जेठमा तराई क्षेत्रमा निकै गर्मी हुने भएकाले हर्दिनाथ तथा जलाद नदी वरपरका किसान तरबुजा खेतीमा आर्षित भएका हुन् । कमला, जमुनी र जलाद नदी किनारमा तरबुजाको खेती फस्टाउंदो छ ।

त्यहाका कृषकले अहिले तरबुजालाई मुख्य खेतीको रुपमा लिन थालेका छन् । जिल्ला भर बर्षेनी एक हजार २५ हेक्टर क्षेत्रफलबाट २० हजार ५ सय मेट्रिक टन तरबुजा उत्पादन हुदै आएको छ ।

धनुषा गाविन्दपुर, धनुषाधाम, पटेर्वा, बरमाझिया, यज्ञभूमी, अन्दुपट्टी, पर्साही झटियाही, लककर गाउँका करिव झण्डै १५ हजार किसानले तरबुजाको व्यावसायिक खेती गर्दै आएका छन् नदी किनाराको जग्गा ठेक्का लिएर यसको खेतीगर्ने किसानको संख्या पनि बढ्दै गएको छ ।

तर यस वर्ष पर्याप्त पानी नपरेकपछि तरबुजाको उत्पादन घटेको भन्दै किसान चिन्तित भएका छन् ।

जिल्लाबाट उत्पादित तरबुजा काकडभिट्टा, पोखरा, काठमाडाँै, नारायणघाट तथा भारतसम्म निर्यात हुने गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा