अर्थ / वाणिज्य

तिहारको बेला तरकारीमा अचाक्ली मुल्य बढ्यो

काठमाडौ, ३१ असोज । हरेक बर्ष चाडपर्वको समयमा उपत्यकाबासी तरकारीमा मुल्य बृद्घिको मार खेप्न बाध्य छन् । सम्वन्धित निकायले तरकारी व्यवस्थापनमा ध्यान नदिदा आफूहरु मारमा परेको सर्वसाधारणको गुनासो छ । चाडपर्व लागे संगै दैनिक भान्सामा प्रयोग हुने तरकारीमा अन्य समयमा भन्दा खपत बढी हुन्छ ।

बजारमा तरकारीको माग संगै मुल्यमा पनि बृद्घि हुने गर्दछ । यो वर्ष पनि बजारमा प्याज, गोलभे“डा, खुर्सानी, बन्दा लगायतका तरकारीमा मुल्य बृद्घि भएको पाइएको छ । अघिल्लो वर्षको चाडपर्वको समयमा प्रतिकेजी औषत मुल्य २२ रुपैया रहेको सुकेको प्याजको मुल्य यो वर्ष ५४ रुपैया पुगेको छ । त्यस्तै २८ रुपैया रहेको बन्दा ५२ रुपैया पुगेको छ ।

३३ रुपैया प्रतिकेजी औषत मूल्य रहेको घिउसिमी हाल ७८ रुपैया पुगेको छ । गत वर्ष ७८ रुपैया प्रति केजी औषत मुल्य रहेको भेडे खुर्सानी यो वर्ष २ सय १० रुपैया पुगेको छ । आलुको मुल्य भने गत वर्षको तुलनामा घटेको छ । गत वर्ष यसै समयमा प्रतिकेजी ३६ रुपैंया औषत मुल्य रहेको रातो आलु हाल ३१ रुपैंयामा कारोबार भएको छ ।

उपत्यकामा दैनिक ६ सय मेट्रिक टन तरकारी भित्रिने गर्दछ । उपत्यकामा मुख्यगरी काभे्र, धादिङ, मकवानपुर लगायतका स्थानबाट तरकारी भित्रिने गर्दछ । अव उत्पादनको समय सुरु भएकोले केही समय पछि उपत्यकाबासीले तरकारीको मुल्यमा राहत पाउने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा