अर्थ / वाणिज्य

तेलको मुल्य घटाउन आपुर्ति मन्त्रालयले माग्यो सरकारसँग ११ अर्ब

काठमाडौ, ७ चैत । आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य घटाउन सरकारसँग करिव ११ अर्ब रुपैयाँ माग गरेको छ ।
आपूर्ति सचिव प्रेमकुमार राईले करिव ११ अर्ब रुपैयाँ सरकारले व्यवस्था नगरे पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य घटाउन नसकिने पनि स्पष्ट पार्नु भयो । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य घटाउन व्यवस्थापिका संसद अन्तरगतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिमार्फत् आपूर्ति मन्त्रालयमाथि दवाब परिरहेको छ ।
सचिव राईले सडक सुधार खर्च बापत लाग्ने रकम ८ अर्ब ७ करोड, ३७ लाख १ हजार ८८ रुपैयाँ, पूर्वाधार शुल्क बापत लाग्ने १ अर्ब १६ करोड ३५ लाख ४६ हजार ७ सय १५ रुपैयाँ र प्रदुषण नियन्त्रण बापत लाग्ने रकम १ अर्ब ६३ करोड ९१ लाख १ हजार ७ सय ६ रुपैयाँ पैसा अर्थ मन्त्रालयले निकासा गरे मात्रै पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य घटाउन सकिने विवरण पनि सार्वजनिक गर्नु भयो । भन्सार दस्तुर बापतको रुकममा छुट दिन नसकिने अर्थ मन्त्रालयको निर्णयले पनि यथास्थितिमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य घटाउन नसकिएको स्पष्टिकरण दिइएको छ ।

आपूर्ति मन्त्रालयले नेपालमा बिक्री गरिने पेट्रोलियम पदार्थको बिक्री मूल्य भारतीय सीमावर्ती बजारको मूल्य भन्दा सस्तो हुन नहुने शर्त अर्थ मन्त्रालयले राखेको पनि स्मरण गराएको छ । अर्थ मन्त्रालयले भारतीय सीमावर्ती बजारको मूल्य भन्दा कम गरी पेट्रोलियम पदार्थ विक्री नगर्न आपूर्ति मन्त्रालयलाई २०७१ साल बैशाख ६ गते नै पत्राचार गरेको थियो ।
त्यसैबेला देखि पेट्रोलियम पदार्थको मूल्य घटाउन आपूर्ति मन्त्रालयलाई नीतिगत रुपमै अप्ठयारो पर्दै आएको सचिव राईले जानकारी दिनु भयो । सरकारले खाना पकाउने ग्याँसमा प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको थियो । सोही निर्णय फिर्ता लिन माग गर्दै व्यवस्थापिका संसदको उपभोक्ता हित संरक्षण उपसमितिले आपूर्ति मन्त्रालयलाई दवाब दिँदै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा