अर्थ / वाणिज्य

नक्कली रुपैँया बनाउने चलचित्र निर्माता वाग्लेसहित ६ जना पक्राउ

काठमाडौँ । प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ ।

महानगरिय प्रहरी परिसरले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे बरामद नक्कली रुपैया सहित पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको हो । प्रहरीले चलचित्र निर्माता माधव वाग्लेको कोठाबाटमात्रै २ करोड ५२ लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।

नक्कली नोट सहित पक्राउ पर्नेमा पक्राउ पर्नेमा निर्माता वाग्लेसँगै महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ , दिकेश नापित र प्रकाश सुवेदी रहेका छन् ।

उनीहरुले नक्कली नोट होटल र रेस्टुराँको बिल तिर्दा, यौन बजारमा तथा लागू औषध दुर्व्यसनका क्षेत्रमा प्रयोग गर्दै आएको परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो । त्यस्तै उनीहरुले सक्कली नोटमा नक्कली नोट मिसाएर कारोवार गरेको देखिएको पोखरेलले बताउनुभयो ।

प्रहरीले नक्कली नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, धापाखेल र बागबजारबाट बरामद गरेको र नक्कली नोट छाप्ने कारखाना बागबजारमै भेटिएको जानकारी दिएको छ । अभियुक्तहरुलाई जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान सुरु गरिएको एसएसपी पोखरेलले बताउनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा