अर्थ / वाणिज्य

नमस्ते र अाेम ग्यास उद्याेगमा शिलबन्दी

काठमाडाै, २३ पुस । गुणस्तर तथा नापतौल विभागको अनुगमन टोलीले आइतवार धादिङको बैरेनीमा सञ्चालित नमस्ते ग्यास उद्योग प्रालि र धार्केकाे ओम ग्यास उद्योग प्रालिमा शिल गरेको छ ।

आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइएपछि  दुईवटै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात र लिखित जवाफसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

अनुगमनको क्रममा ओम ग्यास उद्योग प्रालिले एलपीजी सिलिण्डरको ‘टेर वेट’ परिक्षण नगरेको, हरेक १० वर्षमा सिलिण्डरको हाइड्रोस्टेटिक परिक्षण गर्नुपर्ने भए पनि त्यसो नगरी पुरानै सिलिण्डरमा नयाँ पेन्ट गरेर बजारमा पठाएको विभागले जनाएको छ ।

त्यस्तै, नमस्ते ग्यास उद्योग प्रालिले पनि भल्भ मर्मत नगरेको तथा गुणस्तर र तापतौलका मापदण्ड पूरा नगरेको पाइएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा