अर्थ / वाणिज्य

नयाँ बजेटमा कृषिलाई उच्च प्राथमिकता

काठमाडौ, ५  बैशाख । सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर नयाँ आर्थिक नीति बनाउने तयारी गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संघीय ढाँचा अनुसार आर्थिक नीति बनाउने तयारी भइरहेको जानकारी दिनु भएको हो ।

उहाँले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन पनि नयाँ आर्थिक नीति आवश्यक परेको पनि स्पष्ट पार्नु भयो । यसै सन्दर्भमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महराले मुलुकलाई समृद्ध बनाउने संकल्प अनुसार आर्थिक नीति बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदीले दिगो र फराकिलो आर्थिक वृद्धिका लागि पनि नयाँ आर्थिक नीति तय गर्नु परेको स्पष्ट पार्नु भयो । उहाँले नयाँ आर्थिक नीतिले कृषिलाई पहिलो प्राथमिकतामा राख्ने पनि स्पष्ट पार्नु भयो । आर्थिक नीतिमा उर्जा, पर्यटन क्षेत्रलाई पनि उच्च प्राथमिकता दिइनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा