अर्थ / वाणिज्य

निजी क्षेत्रलाई लाग्यो चुनावी रन्को, १ सय १२ जनाको उम्मेदवारी दर्ता

काठमाडौं, २२ चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि विभिन्न पदमा १ सय १२ जनाको उम्मेदवारी परेको छ ।
वरिष्ठ उपाध्यक्ष, एसोसिएट, बस्तुगत, जिल्ला उपाध्यक्ष, कार्यसमिति सदस्य र प्रदेश सदस्यसहित १ सय १२ जनाको उम्मेदवारी परेको हो ।
चैत २८ र २९ गते हुने महासंघको ५१ औं साधारणसभाका लागि वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र किशोर प्रधानको उम्मेदवारी परेको छ ।
१ नम्बर प्रदेशमा ३ जनाको, २ नम्बर प्रदेशमा २ जनाको, ३ नम्बर प्रदेशमा १ जनाको ४ नम्बर प्रदेशमा २ जनाको, ५ नम्बर प्रदेशमा १ जनाको, ६ नम्बर प्रदेशमा २ जनाको र ७ नम्बर प्रदेशमा ४ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा