अर्थ / वाणिज्य

नेपालमा रहेका भारतीय नोट साट्ने व्यवस्था मिलाउने जेट्लीे भनाई

काठमाडौ, २१ फागुन । भारतीय अर्थमन्त्री अरुण जेट्लीले बैदेशिक लगानीकै जगमा आर्थिक समृद्धि हाँसिल हुने बताउनु भएको छ ।
अर्थमन्त्री जेट्लीले अब नेपाल पनि छिट्टै समृद्ध हुने विश्वास व्यक्त गर्नु भयो ।

नेपाल लगानी सम्मेलनमा भाग लिन काठमाडौं आउनु भएका भारतीय अर्थमन्त्री जेटलीले शुक्रबार पत्रकार सम्मेलन गर्दै विश्वका शक्तिशाली राष्ट्रहरु बैदेशिक लगानीकै जगमा समृद्ध भएको दृष्टान्त पनि पेश गर्नु भयो । उहाँले भारत र चीनको आर्थिक विकासमा पनि बैदेशिक लगानीकै हात रहेको पनि स्पष्ट पार्नु भयो ।
अर्थमन्त्री जेटलीले भारत नेपालको आर्थिक विकासमा सघाउन सदा तयार रहेको पनि उल्लेख गर्नु भयो । उहाँले नेपालको पूर्वाधार विकास र जलविद्युत क्षेत्रको विकासमा लगानी गर्न भारत सरकार आतुर रहेको पनि बताउनु भयो ।

भारतीय अर्थमन्त्री जेट्लीले केही दिन भित्रै नेपालमा देखिएको भारतीय मुद्रा सटहीसम्बन्धि समस्या समाधान हुने पनि बताउनु भयो । उहाँले नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच नेपालमा देखिएको भारतीय मुद्रा सटहीसम्बन्धि समस्या समाधान गर्ने विषयमा छलफल भईरहेको स्मरण गराउँदै छिट्टै समस्या समाधान हुने स्पष्ट पार्नु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा