अर्थ / वाणिज्य

उद्योग वाणिज्य महासंघको चुनावमा गोल्छा वरिष्ठ उपाध्यक्ष निर्वाचित

काठमाडांै ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको नया“ नेतृत्वका लागि भएको चुनावमा शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनुभएको छ ।
गोल्छाले प्रतिद्वन्द्वी किशोर प्रधानलाई फराकिलो मत अन्तरले हराउनुभएको हो ।

 

गोल्छाले ६३.३० तथा प्रधानले ३६.७० प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । जितसँगै गोल्छा तीन वर्षपछि महासंघको अध्यक्ष बन्ने पक्का भएको छ । महासंघको नया“ विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ ।

 

यसअनुसार तीन वर्षपछि ५२ औं साधारणसभाबाट गोल्छा स्वतः अध्यक्ष हुनुहुने छ । देशको पुनारो औद्योगिक घराना गोल्छा समूहका कार्यकारी निर्देशक युाव उद्यमी गोल्छा यसअघि एसोसिएटतर्फ उपाध्यक्ष हुनुहुन्थ्यो भने प्रधान जिल्ला नगरबाट उपाध्यक्ष हुनुहुन्थ्यो ।

 

जिल्ला र नगर समूहको उपाध्यक्षमा प्रधान समूहबाट प्रमोद श्रेष्ठ विजयी हुनुभएको छ । उहा“ले ५३ तथा उहा“का प्रतिद्वन्द्वी दिलिप श्रेष्ठले ४७ मत पाउनुभयो । वस्तुगततर्फको उपाध्यक्षामा गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी हुनभएको छ । वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले आफ्नो कार्यकालमा नीतिगत सुधारमा जोड दिने बताउनुभएको छ ।

 

यसैबिच महासंघको इतिहासमै पहिलो पटक महिला अध्यक्ष बन्नुभएकी भवानी राणाले आज पदबहाली गर्नुहुनेछ । विधान अनुसार वरिष्ठ उपाध्यक्षबाट उहा“ स्वतः अध्यक्ष बन्नुभएको हो । उहा“लाई निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पद हस्तान्तरण गर्नुहुनेछ । राष्ट्राध्यक्षसहित न्यायपालिका र व्यवस्थापिकामा पनि महिला नेतृत्व रहेका बेल निजी क्षेत्रले पनि महिला नेतृत्व पाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा