अर्थ / वाणिज्य

नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश लैजान आग्रह

काठमाडौ, १७ चैत । चेम्बर अफ कमर्शले पर्यटकीय दृष्टिले भ्रमणका लागि नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न युरोपियन युयिनयनका राजदुत रिन्चे टिरिङ मार्फत युरोपेली समुदायसंग अनुरोध गरेको छ ।
काठमाडौंको जमलस्थित चेम्बर अफ कमर्शको भवनमा विहीबार युरोपियन युनियनका नेपालस्थित राजदुत रिन्चे टिरिङसंगको भेटमा चेम्बर अध्यक्ष डाक्टर राजेशकाजी श्रेष्ठले नेपाल भ्रमणका दृष्टिले सुरक्षित छैन भन्ने संदेशलाई तुरुन्तै हटाउन अनुरोध गर्नुभएको हो । उहाँले नेपाल सुरक्षित रहेको संदेश युनियनमा आवद्ध सबै देशमा जानु जरुरी रहेको भन्दै त्यसका लागि पहल गरिदिनु अनुरोध गर्नुभयो । त्यसैगरी लगानीको अवसर, सामान निर्यात लगायत विषयमा पनि आवश्यक वातावरण बनाउन गरेको अनुरोधलाई राजदुत रिन्चे टिरिङले सकारात्मक रुपमा लिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
युरोपेली मुलुकले नेपाल असुरक्षित रहेको भन्दै आफ्ना नागरिकलाई भ्रमणमा रोक लगाएपछि नेपालमा युरोपियन मुलुकबाट आउने पर्यटकमा कमि आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा