अर्थ / वाणिज्य

परवल खेतीतर्फ आकर्षित विश्रामपुरका वासिन्दा

रौतहट, ३१ असार । रौतहटको बिश्रामपुरका बासिन्दाहरु नदीले कटान गरेको बलौटे जमिनमा परवल खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन ।
५० सालमा चाँदी नदिको बाढिले खेतीयोग्य जमिन कटान गरेपछि सुकुम्बासी बनेका रौतहटको बिश्रामपुरका बासिन्दा बलौटे जमिनमै परबल उत्पादन गरेर राम्रो आम्दानी गर्न सफल भएका हुन । अरुको खेती गरेर जीबिकोपार्जन गर्दै आएका सु्कुम्बासी किसानहरु यतिबेला बलौटे जमिनमा परवल तर्फ आकर्षित भएका छन । बलौटे जमिनमा प्रशस्त उत्पादन हुने र एकपटक लगाएपछि धेरैबर्ष सम्म उत्पादन दिईरहने विशेषताका कारण किसानहरु परवल खेतीबाट लाभान्वित भएका हुन । बाग्मती र चाँदी नदिको कटानमा परेको जमिन यति खेर परवल खेतीले हराभरा भएको छ । यहाँ उत्पादित तरकारी स्थानीय बजारलगायत जिल्ला बाहिर समेत जाने गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा