अर्थ / वाणिज्य

पाँच मेगावाट क्षमताको तल्लो तादी जलविद्युत आयोजनाको काम सुरु

नुवाकोट ,४  बैशाख ।  नुवाकोटको बालकुमारी र थप्रेककमा निर्माण गर्न लागिएको पाँच मेगावाट क्षमताको तल्लो तादी जलविद्युत आयोजनाको काम सुरु भएको छ ।
बुद्धभूमी हाइड्रोपावर कम्पनी प्रालीले निर्माण गर्न लागेको जलविद्युत आयोजनाको बालकुमारीमाको सिम्लेमा रहेको बाँधस्थल स्थानीय तीन जना जेष्ठ नागरिकले सयुक्तरुपमा शिलन्यास गरेपछि आयोजनाको काम सुरु गरेको हो ।

दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको तल्लो तादी जलविद्युत आयोजना निर्माणको लागी ९८ करोड रुपैयाँ लगानी लाग्ने प्राराम्भिक अनुमान रहेको कम्पनीले जनाएको छ ।

आयोजना निर्माणमा कम्पनीको ३५ प्रतिशत लगानी रहेको छ भने सिद्धार्थ बैंकको नेतृत्वमा विभिन्न पाँच बैंकको ६५ प्रतिशत लगानी रहेको आयोजना पक्षले जनाएको छ ।

आयोजनाबाट उत्पादन भएको विद्युतलाई समुन्द्रटार–त्रिशूली ३ बी हब १ सय ३२ के.भी. प्रशारण लाईन मार्फत केन्द्रीय प्रशारण लाईनमा जोड्ने योजना भएकाले समयमै प्रशारण लाईन पूरा गर्न नेपाल सरकारले प्रथामिकता दिनुपर्ने कम्पनीले आग्रह छ ।

आयोजनाले बालकुमारीको सिम्लेमा बााध बनाएर २८ सय मिटर पाइपलाईन मार्फत थप्रेकको नौटारीमा विद्युत उत्पादन गृह बनाउन सुरु गरेको छ ।

आयोजना निर्माणले प्रभावित हुने बालकुमारी, सुन्दरादेवी, समुन्द्रटार र थप्रेकमा लगानीको एक प्रतिशत बजेट सामाजिक उत्तरदायित्व क्षेत्रमा लगानी गर्ने र निर्माण सम्पन्न पछि १० प्रतिशत शेयर उपलब्ध गराउने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा