अर्थ / वाणिज्य

पूर्वाधार विकास बैकको स्थापना हुने

काठमाडौ, २२ बैशाख । नेपाल राष्ट्र बैंकले अव छिट्टै पूर्वाधार विकास बैंकको पनि स्थापना हुने जनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पूर्वाधार विकास बैंकको स्थापना हुने जानकारी दिनु भएको हो । उहाँले आर्थिक क्षेत्रको विविधता र भौगोलिक विकटताका कारण पनि नेपालमा पूर्वाधार विकास बैंकको स्थापना गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नु भयो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले नेपालमा लगानी गरेर उच्च मुनाफा आर्जन गर्ने क्षेत्र धेरै रहेको पनि स्मरण गराउनु भयो ।
राष्ट्र बैंकले आर्थिक गतिविधि बढने क्षेत्रमा लगानी गर्न विकास बैंकहरुलाई सचेत पनि गराउँदै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा