अर्थ / वाणिज्य

पेट्रोलमा कालोबजारीः पम्पमा पाइँदैन, खुद्रा पसलमा छताछुल्ल !

गणेश साह
सिरहा, १३ बैशाख । सिरहामा पेट्रोलियम प्रदार्थको कालोबजारी भएको जनगुनासो बढेपनि स्थानीय प्रशासनले भने कुनै पहल कदमी नगरेको स्थानीयले आरोप लगाएका छन् । पम्पमा नपाइने पेट्रोलियम पदार्थ खुद्रा बजारमा छताछुल्ल महँगाे रेटमा पाइन थालेपछि पेट्रोलको कालोबजारी भएको रहस्या खुलेको हो ।

गत शनिबारदेखि जिल्लाका पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थ छैन भन्ने वोर्ड झुण्डयाइएको देखिन्छ । उपभोक्तालाई डिजेल तथा पेट्रोल दिन पनि बन्द गरिएको छ । तर, खुद्रा पसलमा व्यवसायीहरुले खुल्लमखुल्ला पेट्रोल बेच्ने गरेका छन् ।

pet-5पम्पमा पेट्रोलियम पदार्थ नपाए पनि खुद्रा बजारमा भने कालोवजारी दर रेटमा चाहेजति पेट्रोलियम पदार्थ उपलब्ध भइरहेको छ । पेट्रोलियम कालोबजारीमा स्थानीय प्रसाशनको समेत संलग्नताको आशंका गरिएको छ । किनकी सर्वसाधारणले स्थानीय प्रसाशन समक्ष कालोवजारी भइरहेको गुनासो गरेपछि प्रशासन कानमा तेल हालेर बसेको उनीहरुले बताएका छन् । स्थानीय प्रसाशनलाई अनुगमन थाल्न अनुरोध गर्दा आयल निगममा भन्नुस् भन्ने रुखो जवाफ दिने गरेको स्थानीयहरुको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठसंग यसबारे जिज्ञाशा राख्दा उनले आफूले यसवारेमा केही गर्न नसक्ने बताए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यो आयल निगमले हेर्ने मामला हो । उतै भन्नुस भनेर जवाफ फर्काएका थिए ।

पम्पमा पेट्रोल र डिजेल नपाए पछि उभोक्ताहरुले प्रतिलिटर रु १५० देखि २०० मा पेट्रोल किन्न बाध्य भएका छन् । कालोवजारी दर रेटमा बजारमा बोतलमा पेट्रोल राखेर बिक्री गर्नेहरु वग्रेल्ती भेटिन्छन् । पेट्रोलियम नपाएको कारणबीच बाटोमा तेल सकिएकाहरुले गाडीलाई ठेलेर लैजानुपर्ने अवस्था छ ।

petrol-2

गत शनिवार देखि लहान, भोटियाटोल, धनगढी, गोलवजार , मिर्चैया र सिरहा लगायतका शहर तथा वजारका पम्पहरुले सटर बन्द गरेर पेट्रोलियम बिक्री बन्द गरेका छन् ।

अायल निगमबाटै ठगी
यता काठमाडौंमा पनि नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिणामभन्दा कम तेल (डिजेल, पेट्रोल) दिएको भेटिएको छ। नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेको हो।

गुणस्तर, निगम, आपूर्ति विभाग र पेट्रोल व्यवसायीको संयुक्त टोलीले काठमाडौंको कालीमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार पेट्रोल ट्यांकरको पेट्रोल नाप्दा परिणामभन्दा कम भेटिएको हो। चार हजार लिटर पेट्रोल हुनुपर्नेमा ९९ लिटर नपुगेको गुणस्तर तथा नापतौल बागमती अञ्चल कार्यालयकी शाखा अधिकृत ममता मानन्धरले बताउनुभयो ।

‘क्यालिब्रेसन चार्ट अनुसार तेल आएको छ कि छैन भनेर मापन गरेका हौं, मानन्धरले भनिन्,‘ नमुनाका रूपममा नाप गर्दा कम तेल देखियो।’ मापदण्ड अनुसार नभएपछि अनुसन्धान सुरू गरिएको उनले बताइन।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा