अर्थ / वाणिज्य

प्रदेश ४ को निति तथा कार्यक्रम संसदमा पेश, प्राथमिकता पर्यटन

भुपाल गुरूङ। कास्की । प्रदेश ४ सरकारले आफ्नो निति तथा कार्यक्रम सार्वजानिक गरेको छ । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । प्रदेश सरकारले सार्वजानिक गरेको निति तथा कार्यक्रममा पर्यटन, उर्जा, कृषि, उद्योग र पुर्वाधार विकासलाई उच्चा प्राथमिकता दिएको छ ।

प्रदेश सरकारले जारी गरेको निति तथा कार्यक्रममा प्रदेशका राजधानीलाई सबै स्थानिय तह संग जोड्ने, मुख्यमन्त्री वातावरण मैत्री कृषि गाँउ नमुना कार्यक्रम, अन्र्तराष्ट्रिय सिमा नाका जोड्ने सडक कोरला पोखरा र पोखरा त्रिवेणी प्रदेश लोकमार्ग निर्माणमा जोड दिने उल्लेख गरिएको छ ।

प्रदेश सरकार निर्माणको दुई महिना पछि सार्वजानिक निति तथा कार्यक्रममा पाँच वर्ष भित्र युवा लक्षित चुनौति कोष संचालन, एकिकृत जलाधार संरक्षण कार्यक्रम, क्यान्सर, मुटु रोग तथा मृगौला लगायत जटिल रोगको उपचारका अत्याधुनिक सुविधा सम्पन्न उपचार केन्द्रको स्थापना, अन्र्तराष्ट्रिय बहुउपयोगी खेलमैदान, बहुसांस्कृतिक ग्राम निर्माणका लागि पुर्वतयारी गर्ने समेत बताएको छ । प्रदेश सरकारले सन २०१९ लाई आन्तारिक पर्यटन वर्ष र २०२० लाई अन्र्तराष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष संचालन गरिने समेत बताएको छ ।

सरकारले प्रदेशको भौगोलिक बनावटका आधारमा विकास निर्माण गर्न आवश्यक पुँजी परिचालन गरिने र लगानीका लागि वातावरण निर्माण गर्ने जनाएको छ । प्रदेश सरकारले केन्द्रीय सरकारको सहयोगमा प्रदेशका स्रोत र साधारको प्रयोग, आन्तारिक ऋण प्रवाह गरि विकास निर्माणलाई जोड दिने बताएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा