अर्थ / वाणिज्य

प्राधिकरणले तोक्यो सुख्यायामको विजुलीको मुल्य

काठमाडौ, २५ बैशाख । सरकारले सुख्खा याममा विद्युत उपलब्ध गराउने विद्युत प्रवद्र्धकलाई प्रतियुनिट १२ रुपैयाँ ४० पैसा रकम उपलब्ध गराउने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले मंसीर १६ देखि जेठ १५ गतेसम्मको सुख्खा समयमा विद्युत उपलब्ध गराइए प्रतियुनिट विद्युत खरिद दर १२ रुपैयाँ ४० पैसा निर्धारण गरेको हो ।

माग बढेका बेला विद्युत उपलब्ध गराउने स्वदेशी वा विदेशी कम्पनीबाट उच्च दरमा विद्युत खरिद गर्ने नीति लिइएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिनु भयो ।

सुख्खा याममा हुने विद्युत अभावलाई पूर्ति गर्न समेत विद्युत खरिद दरमा वृद्धि गर्ने योजना बनाइएको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले सुख्खा याममा प्रतियुनिट ८ रुपैयाँ ५० पैसा प्रति युनिट विद्युत खरिद दर निर्धारण गरेको थियो ।

प्राधिकरणले अर्ध जलाशाययुक्त आयोजनाको हकमा भने प्रतियुनिट ८ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ । त्यसैगरी सय मेघावाट भन्दा माथिको जलविद्युत आयोजनाको विद्युत खरिद अमेरिकी डलरमा गर्ने पनि स्पष्ट पारिएको छ ।

प्राधिकरणले विद्युत खरिद दरको कारणले नोक्सानी भए सो बापतको रकम शोधभर्ना पाउन उर्जा मन्त्रालयमाफर््त नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा