अर्थ / वाणिज्य

बजेटबारे एकसाताभित्र जानकारी दिन सरकारलाई निर्देशन

काठमाडौ, २६ फागुन । व्यवस्थापिका संसदको अर्थ समितिले बजेट विनियोजन सम्बन्धि सम्पूर्ण विवरण एक साता भित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहिबार बसेको बैठकले बजेट विनियोजनसम्बन्धि सम्पूर्ण वितरण एक हप्ता भित्र पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले चितवन र रुकुममा करिव ३ अरव बराबरको बजेट उपलब्ध गराउने घोषणा गरेपछि सरकार गैर बजेटरी ढंगले अघि बढेको भन्दै आलोचना हुँदै आएको छ ।
सोही सम्बन्धमा छानवीन गर्न पनि समितिले बिनियोजित बजेटको सम्पूर्ण विवरण पेश गर्न सरकारलाई निर्देशन गरेको हो । समितिले बजेटको विवरण आएपछि त्यसको वित्तिय व्यवस्थापनबारे सम्बन्धित मन्त्रालयसँग स्पष्टिकरण लिने योजना पनि बनाएको छ ।
बैठकमा समितिका सदस्यहरुले सरकारले वित्तीय अनुशासन कायम गराउन नसकेको भन्दै आपत्ति जनाएका थिए ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गैर बजेटरी काम सरकारको बाध्यता भएको प्रष्टिकरण दिनु भएको थियो । उहाँले निर्वाचनका लागि सरकारले २० अरव बजेट व्यवस्था गरेको उल्लेख गर्दै निर्वाचन आयोगले माग गरे अनुसार ४१ अरव बजेट दिनु सरकारको बाध्यता रहेको पनि स्पष्ट पार्नु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा