अर्थ / वाणिज्य

बजेट अभावकै कारण विकास निर्माणको काम अघि बढ्न नसकेको राष्ट्र बैंकका गर्भनर नेपालको दावि, दातृ निकायको सहयोगको भर पर्नु परेको भनाई

काठमाडौ, २५ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विकास निर्माणको कामलाई अघि बढाउन बजेटको अभाव रहेको खुलासा गर्नु भएको छ ।
गभर्नर नेपालले सरकारसँग बजेट अभावकै कारण विकास निर्माणको कामलाई अघि बढाउन दातृ निकायसँग ऋण सहायता लिने गरेको पनि स्पष्ट पार्नु भयो । शुक्रबार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा उहाँले कूल बजेटको ७० प्रतिशत रकम साधारण खर्चमै सकिने र बाँकि २० प्रतिशत बजेटले विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्नु भयो । गभर्नर नेपालले मुलुकको समृद्धिका लागि वित्तीय स्रोत जुटाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन पनि दिनु भयो । नेपाल राष्ट्र बैंकले विकास निर्माण आयोजनाका लागि वित्तीय व्यवस्थापन गर्नेगरी नीतिगत व्यवस्था नै गरेको छ । गभर्नर नेपालले निजी क्षेत्रले विकास निर्माणको काममा लगानी गरे उच्च प्रतिफल प्राप्त गर्न सक्ने पनि स्मरण गराउनु भयो । उहाँले निजी क्षेत्रको सहभागिता विना मुलुकको समृद्धि सम्भव नरहेको पनि बताउनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा