अर्थ / वाणिज्य

बर्दियामा केरा खेतिमा २० करोड लगानी

बर्दिया, ७ असोज । बर्दियामा केराको व्यावसायिक खेतीतर्फ कृषकहरु आकर्षित हुन थालेका छन् । अन्य खेती भन्दा दुई तिन गुणा बढी आम्दानी हुनेभएपछि केराखेतीमा कृषकहरुको आर्कषण बढेको हो ।

गुणस्तरिय केरा उत्पादनका साथै दिगो बजार व्यवस्थापन तथा भण्डारणमा सहजताका लागि जिल्लामै पहिलो पटक बिद्युतीय केरा पकाउने च्याम्बरको स्थापना गरिएको छ ।

च्याम्बार निर्माणमा जिल्ला कृषि विकास कार्यालयको २० लाख, ईलम हेल्भेटासको २ लाख र संगम व्यवसायीक कृषि फर्मको ३० लाख गरी कुल ५२ लाखको लागतमा च्याम्वर संचालनमा आएको हो । च्याम्बर संचालनमा आएपछि बर्दियाका सम्पुर्ण केरा व्यवसायीलाई सहज भएपनी कम विद्युत प्रवाहका कारण समस्या भइरहेको संगम व्यवसायीक कृषि फर्मका संचालक शम्भु प्रसाद अधिकारीको भनाई छ ।

च्याम्बर स्थापना भएपछि केराको पोष्ट हार्वेष्टमा भईरहेको १० प्रतिशत क्षति लाई न्यूनीकरण गरी सो वापत जम्मा क्षतिको ६० प्रतिशत नोक्सान हुनवाट बचाउने हुदा बर्दियाका समग्र कृषकलाई सहयोग पुग्ने ईलम हेल्भेटासका क्षेत्रीय व्यवसाय विकास अधिकृत टेक बहादुर सिंहले बताउनुभयो ।

खुला सिमानाका कारण बर्दिया लगायत तराईका जिल्लाहरुमा भारतवाट अवैध रुपमा सस्तो मुल्यमा गुणस्तरहीन केरा भित्रीने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामै बिसादी रहीत केरा पकाउन च्याम्वर स्थापना भएपछि केरामा आत्मनिर्भर बन्न र भारतवाट आयातित गुणस्तरहीन केरा रोक्न च्याम्वरले मधत पुग्ने जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताउनुभयो ।

बर्दियामा हाल ७ सय हेक्टर क्षेत्रफलमा करिव २० करोडको लगानीमा केरा खेति गरिएको जिल्ला कृषि विकास कार्यालय बर्दियाको तथ्यांक छ । कृषकको लगानी बढेसंगै स्थापना भएको केरा पकाउने विद्युतीय च्याम्बरले विषादी रहित स्वास्थ्य केरा उत्पादन हुन थालेपछि व्यवसायीका साथै स्थानीयवासीहरु उत्साहित भएका छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा