अर्थ / वाणिज्य

बर्दिया जिल्लामा यसबर्ष धान उत्पादनमा १५ प्रतिशतले कमि हुने

देशभर यो बर्ष धान उत्पादनमा बृद्धि हुने सरकारी प्रक्षेपण भइरहेका वेला धानको पकेट क्षेत्रका रुपमा परिचित बर्दियामा भने उत्पादन घट्ने भएको छ । सुरु देखि नै प्रयाप्त बर्षा नभएपछि उत्पादनमा ह्रास आएको कृषि कार्यालय बर्दियाले जनाएको छ । बर्दियामा यसबर्ष ५२ हजार हेक्टर क्षेत्रफलमा धान खेति गरिए पनि करिव ५० प्रतिशत भुभागमा सिचाई सुविधाको अभाव छ । सिचाई सुविधा नभएको ठाउँमा आकाशे पानीको भरमा गरिएको धानखेति प्रयाप्त पानी नपर्दा सुकेको छ । सिंचाइ अभावमा धानवाली नष्ट भएपछि कृषि कार्यालयले सिचाई बिस्तार गर्ने जनाएको छ । सुख्खाका कारण कृषकहरुले ब्यहोर्नुपरेको क्षति र रातहका लागि सम्बन्धीत ठाउमा पहल गर्ने बरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतको भनाइ छ । बर्दियामा प्रतिहेक्टर ४ दशमलव ५ मेट्रिक टन धान उत्पादन हुने गर्दछ तर यस बर्ष धानको उत्पादन घटेर प्रतिहेक्टर ३ दशमदव ८ मेट्रिक टन हुने कृषि कार्यालयले अनुमान गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा