अर्थ / वाणिज्य

बल्ब खरिदमा घोटाला, अख्तियारले छानविन थालेपछि नगरपालिका समेत अघि सर्यो 

ध्रुव ढकाल । सुनसरी, १२ मंसीर । झण्डै एक करोड मूल्य बरावरको सिएफएल बल्व खरिदमा नितिगत रुपमै अनियमितता भएको देखिए पछि इटहरी उपमहानगरपालीकाले ७ सदस्य छानविन समिती गठन गरेर आन्तरिक छानवीन थालेको हो ।

नगरपालीकाले वडानम्बर ६ का वडाध्यक्ष दिपक गौतमको संयोजकत्वमा छानवीन समिती गठन गरेको छ । समितीलाई १५ दिन भित्र छानबिन गरी प्रतिवदेन प्रस्तुत गर्ने कार्यदेश दिइएको मेयर द्वारिकलाल चौधरीले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले साउन महिना यता बल्वको तिव्र माग आएको भन्दै विना टेण्डर कोटेसनका आधारमा ठुलो परिणामा बल्व खरिद गरेको थियो । विना टेण्डर खरिद गरिएका करिव ९७ लाख रुपैंया मूल्य बरावरको वल्व खरिदको रकम ३ दिन भित्र भुक्तानी दिइएको थियो ।

सार्वजनीक खरिद ऐन विपरित्को यो कारोवारका विषयमा आफुलाई कुनै जानकारी नगराइएको मेयर चौधरीको भनाई छ । प्रचलित बजार मुल्य भन्दा बढि मुल्यमा बल्व खरिद गरिएको पुष्टि भएपछि नगरप्रशासनले प्रकृयागत अनियमिता बारे छानबिन थालेको हो ।

विवाद पछि उपमहानगरपालिकाले हालका लागि सम्पूर्ण आन्तरिक खरिद प्रकृया स्थगित गरेको छ । प्रतिवेदन नआए सम्मका लागि खरिद प्रकृया रोकिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । मेयर चौधरी र उपमेयर गौतम दुबै बल्व खरिद प्रकरणमा भएको अनियमीतता बारे अनभिज्ञता दर्शाएर उम्कन खोजेपनि दुवै पदाधीकारी छानवीनको दायरामा छन् ।

बल्व खरिदमा तत्कालिन कार्यकारी अधिकृत सागर मिश्रले गलत नियतले काम गरेको मेयर उपमेयरको दावी छ । कार्यकारी अधिकृत मिश्रले सरुवा हुनु केही दिन अघि मात्रै पुरै रकम निकासा गरेको मेयर र उपमेयरले दावी गरेका छन् । तत्कालिन कार्यकारी अधिकृत मिश्रको सरुवा भईसकेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा