अर्थ / वाणिज्य

बसन्तको बहारसँगै म्याग्दीमा पर्यटकको चहलपहल

सन्तोष गौतम
म्याग्दी, २० चैत । जाडो मौसम सकिएलगत्तै म्याग्दीका पर्यटकीय स्थलहरुमा आन्तरीक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको छ ।

म्याग्दीमा अहिले घोडेपानी, पुनहिल, खोप्रा, मोहरेडाँडा, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग, टोड्के, धौलागिरी र अन्नपूर्ण आधार शिवीर, धौलागिरी चक्रिय, गुरील्ला पदमार्ग, सिंगा र भुरुङमा रहेका तातोपानी कुण्डहरुमा पर्यटकको चाप बढेको हो ।

म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीमा हिजोआज दैनिक पाँच सय जनासम्म पर्यटकहरु भ्रमणका लागी पुग्ने गरेका छन् । यसैगरी म्याग्दी हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा जाने पर्यटक तथा तिर्थयात्रीहरुको चाप समेत बढेको छ । देशको राजनितिक अवस्था, शान्ति सुरक्षा र अनुकुल मौसम भएकाले पदयात्रा तथा हिमाल आरोहणका लागि यसपाली विगतका वर्षको तुलनामा पर्यटक आगमन उत्साहजन छ ।

अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख पर्यटकीय केन्द्रको रुपमा रहेको घोडेपानी, पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुको लागि बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुलेका लालीगुराँस यो यामको बिशेष आकर्षण हो । हिमशृङ्खला र सुर्योदयका साथै पाखाभरी फुलेका रंगीबिरंगी लालीगुराँस अवलोकन गर्न पाउँदा पर्यटकहरु दंग परेका छन् । पर्यटकको चाप बढेसँगै होटलहरु भरिभराउ भएका छन् ।

पर्यटक आगमनको क्रम बैशाख दोस्रो सातासम्म बृद्धी हुँदै जाने पर्यटक तथा होटल ब्यवसायीहरुले बताएका छन् । कास्कीको नयाँ पुल, घान्द्रुक, म्याग्दीको पोखरेबगर, मोहरेडाँडा हुँदै पुगीने पहाडी बस्ती घोडेपानीमा २३ वटा सुबिधा सम्पन्न होटलहरु रहेका छन् ।

जहाँ दैनिक आठ सय देखि एक हजार जना सम्म बास बस्न सक्छन् । यसरी पर्यटकहरुको आगमन बढेसँगै कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको निराशाजन योगदान पनि बढ्न सक्ने अपेक्षा गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://plus.google.com/+gloriaphilips/posts/7DXaAY33KvY says:

    Great, thanks for sharing this article post.Really thank you! Will read on…

    https://plus.google.com/+gloriaphilips/posts/7DXaAY33KvY

  2. kennewick richland pasco property management says:

    I think this is a real great article post.Really thank you! Want more.

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा