अर्थ / वाणिज्य

बालाजुका डिएसपी ५ लाख घुससहित पक्राउ

काठमाडौ, २९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालाजु वृत्तका डिएसपी नवीनकृष्ण भण्डारी ५ लाख रुपैयाँ घुस लिंदै गर्दा पक्राउ गरेको छ ।

अपहरण मुद्दा मिलाइदिने भन्दै डिएसपीले ५ लाख घुस लिदै गरेको अबस्थामा डिएसपी भण्डारीलाई प्रहरी कार्यालयबाटै घुससहित रंगेहात पक्राउ गरिएको हो ।

डिएसपी भण्डारीलाई अख्तियारले हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ । असोज ९ गते बालाजु प्रहरीले काठमाडौं बानेश्वरका एक व्यक्तिलाई छाड्नका लागि २० लाख रकम घुस माग गरी ५ लाख रुपैयाँ लिएकोमा रंगेहात असई चन्द्रसिंह भाटलाई पक्राउ गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. Pashupati Karkee says:

    पहिला डि एस् पि बन्नलाई घुस दिनुपर्ने बातावरण अन्त्य गर अनी एस्ता घुस्याहा लाई सिधै इन्काउन्टर गरिदेउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा