अर्थ / वाणिज्य

बिजुली नभएका कारण सुर्खेतका उद्योग बन्द

सुर्खेत, १५ असोज । सुर्खेतमा लोडशेडिङको तोकिएको समयबाहेक पनि विद्युत् अनियमितता हुदा वीरेन्द्रनगर औद्योगिक क्षेत्रका आधा दर्जन उद्योगहरु बन्द भएका छन् । अनियमित लोडशेडिङका कारण उद्योगका मेशिनहरुमा क्षति पुग्न थालेको सञ्चालकहरुको भनाई छ ।

विद्युत् अभावकै कारण उद्योगहरुले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । मजदूरले कामै नगरे पनि सेवासुविधा दिनुपर्ने बाध्यताका कारण नोक्सानीमा उद्योग चलाउनुभन्दा बन्द गर्ने निर्णयमा पुगेका छन ।

औद्योगिक क्षेत्र व्यवस्थापनका अनुसार आधा दर्जन उद्योगहरु बन्द छन् । देशका अन्य ठाउमा रहेका औद्योगिक क्षेत्रमा विद्युतको ‘सिङ्गल फिडर’ जडान हुने गरेको छ । तर, सुर्खेतमा सो सुविधा नहुदा उद्योगीले सास्ती भोग्नुपरेको हो ।

व्यवस्थापन पक्षले भने बन्द उद्योगलाई तत्काल सुचारु गर्नुपर्ने र नभए स्थान छाड्न ‘अल्टिमेटम’ दिएको छ । ठाउ ओगटेर बसेका उद्योग हटाएर नयाँ उद्योग सञ्चालन अनुमति दिने तयारीमा व्यवस्थापन पक्ष जुटेको छ । लोडशेडिङको समस्या र जग्गा न्यून हुँदा उद्योग सञ्चालनमा कठिनाइ भएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख ईश्वरप्रसाद पाण्डेको भनाई छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्र ९० रोपनी क्षेत्रफलमा फैलिएको छ । २०३८ सालमा नेदरल्याण्ड्स सरकारको सहयोगमा सञ्चालित औद्योगिक क्षेत्रमा १ करोड बढी सरकारी लगानीसगै २७ करोड रुपैया
निजी क्षेत्रको रहेको छ । हाल ऊर्जा उपकरण, हस्तकलाका वस्तु, फर्निचर, सोयाबिन, खाद्य सामग्री, साबुन, कागजलगायत २२ ओटा उद्योगबाट उत्पादन हुदै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा