अर्थ / वाणिज्य

बुढिगण्डकीको निर्णय उल्ट्याइन्छ– ओली

काठमाडौ, ४ मंसीर । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजना बनाउन चीनिया कम्पनीसँग भएको सम्झौता खारेजको निर्णय अब बन्ने सरकारले उल्ट्याउने बताएका छन् ।

अघिल्लो साताको मन्त्रीपरिषद बैठकले दुई संसदीय समितिको निर्देशनमा टेक्दै आयोजना बनाउन चीनियाँ कम्पनी गेजुवा गु्रपसँग भएको सम्झौता खारेजको निर्णय गरेको थियो । चुनाव गराउने सरकारले शान्ति सुरक्षाको सट्टा लाइसेन्स बाँड्ने र खोस्ने काम गरेको भन्दै त्यसलाई उल्ट्याउने एमाले अध्यक्ष ओलीले बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा
अध्यक्ष ओलीले बुढीगण्डकी जलविद्युत आयोजना कि दिनै नहुने दिएपछि खारेजको निर्णय गर्नु नहुने बताए ।

उनले भने, ‘एक महिना समय बाँकी रहेको चुनावी सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलन, निर्वाचनको लागि शान्ति सुरक्षा कायम गर्नुको सट्टा लाइसेन्स बाँड्ने र खोस्ने काम गरिरहेको छ । यो अनधिकृत काम हो । आगामी सरकारले यसलाई करेक्सन गर्ने छ ।’

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा