अर्थ / वाणिज्य

बुढीगण्डकी जलविद्युत् चीनलाई दिने निर्णय खारेज गर्न वावुराम भट्टराईको माग

काठमाडौ, २८ असार । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चीनको गेजुवा कम्पनीलाई दिने निर्णय खारेज गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

पार्टीका संयोजक डा. बाबुराम भट्टराई नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चीनको गेजुवा कम्पनीलाई दिने निर्णय तत्काल खारेज गर्नुपर्ने मागसहितको १३ बुदे ज्ञापन पत्र बुझाएको हो ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले गैरकानुनी ढंगबाट गलत नियतका साथ राष्ट्रिय स्वाभिमान विपरित बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चीनको गेजुवा कम्पनीलाई दिने निर्णय गरेकाले तत्काल खारेज गर्नुपर्ने मागसहितको ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाउनु परेको पार्टीका संयोजक डा. भट्टराईले स्पष्ट पार्नु भयो ।

उहाँले स्वदेशी पुँजीमै आयोजना निर्माण गर्न सकिने उल्लेख गर्दै निर्माण प्रक्रिया तत्काल अघि बढाउन पनि सरकारसँग माग गर्नु भयो । नयाँ शक्ति पार्टी, नेपालले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चीनको गेजुवा कम्पनीलाई दिने निर्णय गराउने तत्कालीन प्रधानमन्त्री दाहाल र उर्जामन्त्री जनार्दन शर्मालाई पनि कार्वाही गर्नुपर्ने माग गरेको छ ।

दाहाल नेतृत्वको सरकारले गत जेठ १० गते १२ सय मेघावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चीनको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा