अर्थ / वाणिज्य

बेरुजू न्यूनिकरण गर्न निर्देशन

काठमाडौं, १० असार । महालेखा परीक्षकको कार्यालयले बेरुजू न्यूनिकरण गर्दै लैजान मातहतका निकायलाई निर्देशन दिएको छ । महालेखा परीक्षक टंकमणि शर्माले बेरुजू न्यूनिकरण गर्न अटेर गरे कडा कार्वाही हुने चेतावनी पनि दिनु भयो । शुक्रबार सरोकारवाला निकायहरुसँगको छलफलमा उहाँले बेरुजू मुलुकको ठूलो समस्या रहेको बताउँदै त्यसलाई समाधान गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
हाल सरकारी कार्यालयको मात्रै ३ सय ९६ अर्ब २६ करोड बेरुजू रहेको छ । महालेखा परीक्षक शर्माले बेरुजू हुने मन्त्रालय, निकाय र जिम्मेवार पदाधिकारीहरुलाई कडा निगरानीमा राख्नुपर्ने अवस्था आएको पनि उल्लेख गर्नु भयो । महालेखा परीक्षकको कार्यालयले लेखा प्रणालीलाई व्यवस्थित बनाउन आवश्यक रणनीति तय गर्दैछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा