अर्थ / वाणिज्य

भारतले दियो तटबन्ध निर्माणका १८ करोड

काठमाडौँ । भारतले नेपालको बागमती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माणका लागि १८ करोड ७४ लाख आर्थिक सहायता उपलब्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरीले मंगलबार एक कार्यक्रमका बीच उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई १८ करोड ७४ लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

तराई, मधेशमा बाढी नियन्त्रणका लागि तटबन्ध निर्माणको काममा भारत सरकारले थप आर्थिक सहायता उपलब्ध गराएको मन्त्री पुनले जानकारी दिनु भयो । उहाँले नदी तालिमसहितको तटबन्ध निर्माण कार्यले नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौं सर्वसाधारणलाई लाभ पु¥याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

भारत सरकारले नेपाललाई हालसम्म नदी तालिम र तटबन्ध निर्माणका लागि किस्ताबन्दीमा ४ अरव ६८ करोड रकम उपलब्ध गराईसकेको छ । नेपालका लागि भारतीय राजदुत पुरीले भारत सरकार नेपालसँग नदी नियन्त्रण, बाढि नियन्त्रण र जलस्रोत व्यवस्थापनमा निकट रहेर काम गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा. सञ्जय शर्मासहितको उपस्थिति रहेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा