अर्थ / वाणिज्य

भारतले पाच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकले बजारमा रहेका भारतीय नोट संकलन गर्ने

भारतले पाच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकले बजारमा रहेका भारतीय नोट संकलन गर्ने भएको छ ।
आज बिहान बसेको राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारीको काउण्टरमा रहेको मौज्दात भारतीय नोटको विवरण लिने निर्णय गरेको हो । राष्ट्र बैंक व्यवस्थापन समिति बैठकले नेपालमा रहेका पा“च सय र एक हजार दरका भारतीय नोटको विवरण संकलन गरेर भारतीय रिर्जभ बैंकस“ग सम्पर्क गरी सटही कसरी गर्ने भन्ने बारेमा छलफल गर्ने बैंकका निर्देशक राजेन्द्र पण्डितले जानकारी दिनुभयो ।
नेपाल र भारतीय सीमामा र ठुला शहरहरुमा भारतीय नोट चलन चल्तीमा छन् । नेपाल भारतबीच खुला सिमाना र व्यापारिक सम्बन्ध पनि छ । भारत सरकारले जाली नोट, भ्रष्टाचार र कालोबजारीलाई नियन्त्रण गर्न भन्दै पा“च सय र हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपालमा पनि पर्न थालेको छ । काठमाडौंमा संचालित बिभिन्न क्यासिनो बन्द भएका छन भने सटही काउन्टरहरु अलमलको अवस्थामा छन् । भारतीय नोट नेपालस“गै बंगालादेश, श्रीलंका, भुटानलगायत खाडी मुलुकहरुमा पनि निर्वाध रुपमा सटही हुन्छ । हाल नेपालभित्र भारतीय नोट कति संख्यामा छन भन्ने तथ्यांक कुनै निकायस“ग छैन । राष्ट्र बैंकले विभिन्न समयमा नोटलगायत वैदेशिक मुद्रा नराख्नु र संकलन नगर्नु भनेपनि त्यस्तो हुन नसकेको निर्देशक पण्डितले बताउनुभयो ।
भारतले ५० दिनभित्र नोट संकलन गर्ने समयावधी तोकेको छ । भारतमा अहिले ३५ हजार करोड रुपैयाँ बजारमा रहेको बताइएको छ । बजारमा रहेको भारतीय रुपैया“को चार प्रतिशत नक्कली नोट रहेको विभिन्न अध्ययनले देखाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा